Advertisement

मुख्यमन्त्री नियुक्त भएसँगै सुदूरपश्चिममा मन्त्री बन्न सांसदको दौडधुप

0 56

Advertisement

२८ पुस, धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ।

तर प्रदेश सांसदहरुले भने मन्त्री बन्नका लागि दौडधुप सुरु गरेका छन्। सत्तारुढ दलभित्र मन्त्री तथा राज्यमन्त्रीका लागि आकांक्षीहरुको लाइन नै छ।

सत्तारुढ गठबन्धनले भने प्रदेशका ९ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। प्रदेश सरकारमा नेकपा एमालेबाट चक्र मल्ल, सुरेन्द्र बहादुर पाल, धर्मराज पाठक, सन्तोष कुमारी शर्मा मन्त्री तथा राज्यमन्त्री बन्नसक्ने चर्चा छ।

चर्चामा रहेका नेताहरुले मन्त्री बन्नका लागि आ–आफ्नो पार्टी तथा मुख्यमन्त्रीसँग लबिइङ गरिरहेको बताइएको छ।

यता नेकपा माओवादी केन्द्रबाट शिवसिंह ओली, खगराज भट्ट, रमेश धामी, ओमविक्रम भाटको मन्त्री तथा राज्यमन्त्री बन्ने सम्भावना छ। कसलाई कुन मन्त्रालय दिने भन्ने बारे भने गठबन्धनको दलको बैठकपछ छलफल गरेर अघि बढ्ने मुख्यमन्त्री रावलले बताए। उनले आजै बेलुका ४ बजे पद तथा गोपनियताको सपथ लिँदैछन्।

उनको सपथमा केही मन्त्रीले पनि सपथ लिने तयारी गरेका छन्। संविधानअनुसार कूल प्रदेश सभा सदस्यको संख्याका आधारमा सुदूरपश्चिममा मुख्यमन्त्रीसहित ११ जना मन्त्री तथा राज्यमन्त्री बन्नेछन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.