Advertisement

सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि मनोनयन दर्ता हुँदै

0 58

Advertisement

२७ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ। सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिलेसम्म माओवादीले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गर्न सकेको छैन।

सुदूरपश्चिममा माओवादीबाट आधा दर्जन नेता सभामुखको आकांक्षी छन्। अन्तिम समयमा अक्कल रावल र भीम भण्डारीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय हुन सकेको छैन।

रावल अछामबाट र भण्डारी बझाङबाट प्रदेश सभामा निर्वाचित भएका हुन्। रावल प्रदेश सभामा दोस्रो पटक निर्वाचित हुन्। यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका उनी अहिले सभामुखको लबिइङमा छन्।

प्रदेश सभा सचिवालयले प्रकाशित गरेको तालिका अनुसार आज १०:३० देखी २:३० सम्म सभामुख पदमा निर्वाचन गरियोस् भनी प्रस्ताव दर्ता हुने छ। सोही दिन उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक हुने छ।

आजै अन्तिम नामावली प्रकाशन गरेर भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तयारी प्रदेश सभा सचिवालयले गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.