Advertisement

आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0 37

Advertisement

२६ पुस, काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २७ गते बुधबार बुकक्लोज गर्दैछ ।

बुकक्लोज अनुसार पुस २६ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले गत आवको नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले माघ ९ गते होटल ले हिमालय, लाजिम्पाट काठमाडौँमा बिहान ११ बजे २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.