Advertisement

चार्ली हेब्दोको कार्टुन फेरि विवादमा, ईरानले फ्रान्सलाई दियो चेतावनी

0 54

Advertisement

२१ पुस, एजेन्सी । इरानले आफ्नो सर्वोच्च नेता आयातुल्लाह अली खामेनाईमाथि फ्रान्सबाट प्रकाशित हुने पत्रिका चार्ली हेब्दोले छापेको कार्टुनलाई लिएर असन्तुष्टि जनाएको छ।

ईरानले उक्त कार्टुन अपमाजनक भएको भन्दै फ्रान्सका राजदूत निकोलस रोशको तलब रोक्का गरेको छ। इरानले फ्रान्सले यो कदमको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

चार्ली हेब्दोले हिजाबको विरोधमा आयातुल्लाह खामेनेईको आलोचना गर्दै केही कार्टुन प्रकाशित गरेको थियो। यसमाथि इरानका विदेशमन्त्री हुसैन आमिर अब्दुलाहयनले ट्विट गर्दै ईरानको धार्मिक र प्रशासनविरुद्धमा कार्टुन प्रकाशन गर्ने फ्रान्सको प्रकाशनको यो अपमानजक काम भएको बताएका छन्।

उनले आफूहरु फ्रान्स सरकार र उसको सीमाभन्दा बाहिर जान दिन नसक्ने भन्दै उसले गलत बाटो चुनेको उनले लेखेका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले फ्रान्सको अभिव्यक्ति स्वतन्त्रताको आवरणमा अन्य मुस्लिम देशहरुको आस्थामाथि आहात गर्ने अधिकार नभएको भनेको छ।

ईरान फ्रान्सिस सरकारको जवाफ र उसको व्यवहारको निन्दा गर्ने र केही कदम उठाउने पर्खाइमा रहेको विदेश मन्त्रालयले भनेको छ। केही वर्ष अघि सोही पत्रिकाले छापेको कार्टुनका कारण आतंकवादी हमला भएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.