Advertisement

पौषशुक्ल पूर्णिमा माघस्नानको महत्व !

0 150

Advertisement

२१ पुस,काठमाडाैं । मिति २०७९ साल पुस २२ गते शुक्रबार पौषशुक्ल पूर्णिमा तिथी राती ४ : ३४ बजेसम्म त्यस उप्रान्त माघकृष्ण प्रतिपदा तिथी ,श्रीस्वस्थानीव्रत आरम्भ र माघस्नान पुस २२ गते बाट सुरु भएर माघशुक्ल पूर्णिमा माघ २२ गते आइतबारसम्म माघस्नान हुनाले भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस महिनामा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ।

शिशिर ऋतुमा पर्ने यो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो महिनामा खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायत पौष्टिक तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ ।”माघे निमग्ना :सलिले सुशीते विमुक्तपापास्त्रिदिवं प्रयान्ति।

“अर्थात् माघ महिनामा शितल जलको भित्र डुवुल्कि लगाउनेवाला मानीस पापमुक्तभइ स्वर्गलोकमा जाने गर्दछ।” प्रात :स्नानं करोम्यद्द माघे पाप विनाशनम् ,मकरस्थे रवौ माघे गोविन्दाsच्युत माधव।स्नानेनsनेन मे देव यथोक्तफलदो भव।”अर्थात् हे गोविन्द हे अच्युत हे माधव हे सूर्यदेव नारायण मकर राशिमा प्रवेश भएको माघ महिनामा आज पाप नाशक प्रात :स्नान गर्दछु ,हे भगवान यस स्नानद्वारा बताए बमोजिमको फल मलाई दिनुहोस।

यस्तो भन्दै यो महिनामा स्नान गर्दा अर्धोदित् सूर्य {आधा सूर्य उदाएको समयमा }गर्नु मुख्य फल वताइएको छ।साथै तिर्थहरु गएर श्रीसूर्यमा प्रवेस गरेको हुनाले आधा सूर्य भएको बेलामा स्नान गर्नेहरुको पाप हामी तिर्थहरु नाश गर्दछौं,भनेर तिर्थहरु कराउनेहुँदा यो महिनामा प्रयाग ,नैमीषारण्य ,कुरुक्षेत्र ,हरिद्वार ,उज्जैन ,सरयू ,यमुना ,द्वारका ,अमरावती ,सरस्वती ,गंगासागर संगम ,काञ्ची ,सप्तागोदावरी तट ,कलञ्जर ,प्रभास ,वदरिकाश्रम ,जगन्नाथपुरी ,ॐकारक्षेत्र ,पुरुषोत्तम क्षेत्र ,गोकर्ण ,भृगुकर्ण ,भृगुतुङ्ग ,पुष्कर ,तुङ्गभद्रा ,कावेरी ,कृष्णा {कालिगण्डकी }वेणी ,नर्वदा ,वेगवती यी सवै माघस्नानकोलागी मुख्य तिर्थ हुन्।नसके मानसिक तिर्थ सवैभन्दा उत्तम तिर्थ मानिन्छ। यसैमा स्नान गर्नुपर्दछ।जस्तो सत्य तिर्थ {साँचो बोल्नु },क्षमा तिर्थ {क्षमा दिनु }इन्द्रिय निग्रह तिर्थ {इन्द्रियहरुको पछि नलाग्नु },सर्वभूतदया तिर्थ {सम्पूर्ण प्राणीमा दयाको भावना राख्नु },आर्जव {सरलता }तिर्थ ,दान तिर्थ ,दम तिर्थ {मननिग्रह },सन्तोष तिर्थ ,व्रम्हचर्य तिर्थ {२५ वर्षसम्म व्रम्हचर्यमा रहनु},नियम तिर्थ ,मन्त्र जप तिर्थ {गुरुले दिएको मन्त्र जप्नु },प्रियभाषण तिर्थ {मिठो बोलु },ज्ञान तिर्थ ,धैर्य तिर्थ ,अहिंसा तिर्थ {कुनै पनि बस्तुमा हिंसा नगर्नु },आत्म तिर्थ ,ध्यान तिर्थ ,यी सवै तिर्थ मानस तिर्थ हुन्।जसले मन र इन्द्रियको संयमबाट स्नान गर्दछ ,त्यो नै वास्तवमा उसले गरेको स्नान सफल हुनेछ।किनकि उसलाई पवित्र स्नेहयुक्त चित्तावाला मान्न सकिन्छ।

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ॥

अर्थात् मकर महिनामा घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ।मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्भावको आधारमा पनि पुष्टि गर्न सकिन्छ।
पं बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.