Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो एअरबस बन्यो हिमालय एअरलाइन्स

0 54

Advertisement

१८ पुस, काठमाडौं । हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी ले आइतबार अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

अंग्रेजी नयाँ वर्ष २०२३ का दिन यो एअरलाइन्सले पहिलो ‘न्यारोबडी एयरक्राफ्ट’को ऐतिहासिक अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा गरेको हो।

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आइतबार बिहान १:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भरेर १:४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

हिमालय एअरलाइन्सको एअरबस ए३२०–२१४ पोखरामा अवतरण गर्ने पहिलो एअरबस बनेको छ। यो विमान ९एन–एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो।

पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एअरलाइन्स् टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी, उपाध्यक्ष, सञ्चालक) लाई स्वागत गरेका थिए। त्यसपछि विमान ३ः४४ बजे प्रस्थान गरेर ४:१७ बजे काठमाडौंमा अवतरण गरेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.