Advertisement

रोनाल्डो साउदी क्लब अल नसरमा अनुबन्धित

0 52

Advertisement

१६ पुस, एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् ।

३७ वर्षीय रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ । रोनाल्डोले अल नसरबाट एक सिजनमा २०० मिलियन डलर बढी कमाई गर्नेछन् । रोनाल्डो म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए । उनी गत वर्ष युनाईटेड फर्किएका थिए ।

पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए।

रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए । रियलमा ९ सिजन बिताएका रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । रोनाल्डोले रियलबाट २९२ खेलमा ३११ गोल गरेका थिए । यस्तै, युभेन्ट्सबाट ९८ खेलमा ८१ गोल गरेका थिए ।

दोस्रो बसाइमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.