Advertisement

चीनबाट जापान जाने यात्रुको कोभिड परीक्षण गरिने, पोजेटिभ देखिए क्वारेन्टिनमा राखिने

0 57

Advertisement

१२ पुस, एजेन्सी । जापानले कोरोना भाइरसको फैलावट रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताएका छन् ।

अबदेखि, चीनबाट यात्रुहरू जापान आइपुगेलगत्तै कोभिडको परीक्षण गरिनेछ । रिपोर्ट पोजेटिभ आउने यात्रुलाई सात दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

नयाँ प्रतिबन्धहरू डिसेम्बर ३० (शुक्रबार) देखि लागू हुनेछन् । चीन र जापानमा कोभिड–१९ संक्रमितको संख्या लगातार बढिरहेको छ ।

अर्कोतर्फ, चिनियाँ सञ्चारमाध्यममा आएको रिपोर्ट अनुसार फाइजरले बनाएको कोभिड–१९ को रोकथामको ट्याब्लेट राजधानी बेइजिङका सबै अस्पतालमा उपलब्ध गराइनेछ ।

मृत्युको तथ्यांक भने बताइएको छैन

चिनियाँ अधिकारीहरूले अन्य देशबाट आउने औषधिबाट संक्रमण रोक्न सकिने र यसले आईसीयूमा पर्ने दबाब कम हुने बताएका छन् । चिनियाँ पसलहरूमा प्रायः प्रयोग हुने औषधिको अभाव भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले हाल कोभिड–१९ बाट मृत्यु हुने बारेमा जानकारी दिएको छैन ।

चीनमा कोरोना संक्रमणका कारण हरेक दिन हजारौं मानिसको मृत्यु भइरहेको रिपोर्टहरूले दाबी गरेका छन् ।

चीनले सोमबार बाहिरबाट आउने यात्रुहरूलाई क्वारेन्टिनमा राख्ने निर्णय परिवर्तन गरिएको घोषणा गरेको छ । जनवरी ८ देखि अन्य देशबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्नु पर्दैन ।

यसलाई चीनको शून्य कोभिड नीतिमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.