Advertisement

नेप्सेमा २७.५४ अंकको गिरावट, १ अर्ब १५ करोडको कारोबार

0 52

Advertisement

०३ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.५४ अंक (१.४६ प्रतिशत) ले गिरावट हुँदा १८५५.०६ अंकमा बन्द भएको छ ।

सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य उपसूचकमा पनि २ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशतले गिरावट भएको छ ।

धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । आइतबार नेप्सेमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाख ११ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार र नबिल बैंकको ५ करोड ४१ लाख १३ हजारको कारोबार भएको छ ।

नेप्सेमा आइतबार बुल २१० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये इस्टन हाड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा धौलागिरि लघुवित्तको सेयर मूल्य ८.२० प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६.११ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.३५ प्रतिशतले वृद्धि भएको छ ।

रिडी र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा अपेक्षाकृत लाभांश नआएको महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७.३१ प्रतिशत र गत आर्थिक वर्षको मुनाफबाट लाभांश नदिने घोषणा गरेको मञ्जुश्री फइनान्सको सेयर मूल्य ७.१३ प्रतिशतले गिरावट भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.