Advertisement

पौष ५ गते काठमाडौंमा ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’ कार्यक्रम

0 80

Advertisement

०२ पुष, काठमाडौं । नेकपा (एमाले)ले पौष ५ गते राजधानीमा ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

विजय, बधाई र उत्सवका रूपमा काठमाडौंमा आयोजना गरिएको ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिणाम आएकाले एमालेले कार्यक्रम तय गरेको हो। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको एमालेले जनाएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन्। एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ लोकप्रिय मत ल्याएको छ।

कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंगठनका थप तीनजना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.