Advertisement

बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ पुरूषकै बाहुल्यता, कूल ६६ मध्ये ५ मात्र महिला

0 123

Advertisement

२२ मंसिर, काठमाडौं । बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ पाँचजना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ ।

बागमती प्रदेशमा १५ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसबाट २ जना महिला निर्वाचित भएका छन् । काठमाडौंबाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोकबाट मसिना खड्का निर्वाचित भएका हुन् ।

१४ सिटसहित दोस्रो बनेको नेकपा (माओवादी केन्द्र)बाट पनि दुईजना महिला सांसद निर्वाचित भएका छन् । माओवादीबाट विजयी हुनेहरूमा राधिका तामाङ नुवाकोट र कुमारी माेक्तान मकवानपुर रहेका छन् ।

बागमतीमा १३ सिट जितेको नेकपा एमालेबाट महिला सहभागिता शून्य छ । ५ सिट जितेको नेकपा (एकीकृत समाजवादी)बाट एक जना महिला निर्वाचित भएकी छन् ।

एकीकृत समाजवादीको तर्फबाट काठमाडौंंबाट प्रदेशसभामा रमा आले मगर निर्वाचित भएकी हुन् । यस प्रदेशमा नेपाल मजदुर किसान पार्टी एक र हाम्रो नेपाली पार्टी एक स्थानमा विजयी भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.