Advertisement

अफगानिस्तानको बाल्ख प्रान्तमा बम विस्फोट, सात कर्मचारी मारिए

0 197

Advertisement

२० मंसिर, एजेन्सी । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहत भएको हो ।

यसैबीच, नाम उल्लेख गर्न नचाहने एकजना प्रत्यक्षदर्शीले मृतकको सङ्ख्या पुष्टि गरिएको भन्दा बढी हुन सक्ने बताएका छन् । विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.