Advertisement

सडकमा पोखिँदै चिनियाँहरुको डर र आक्रोश, चीनमा किन हुँदैछ राष्ट्रपति सीको विरोध?

0 83

Advertisement

१३ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को असर पुरै विश्वमा पर्‍यो। र, चीन बाहेक लगभग पुरै विश्वले मानिसक्यो कि अब यही भाइरससँगै बाँच्नुपर्नेछ। तर चीनमा गएको ३ वर्षदेखि कयौं लकडाउन र कोभिड परीक्षण अभियान खेप्दै आएका मानिसहरु अब यसबाट सायद लाचार भइसकेका छन्, र उनीहरुको धैर्यता कमजोर हुँदै गइरहेको छ। 

कैयौं शहरमा कोभिड प्रतिबन्धनका विरुद्ध हजारौं मानिस सडकमा उत्रिएका छन्। मानिसहरु सोध्न थालेका छन् कि– सी चिनफिङको ‘जीरो कोभिड पोलिसी’ कहिलेसम्म सहनु पर्ला? राष्ट्रपति सी चिनफिङका लागि यो सबैभन्दा ठूलो ‘राजनीतिक परीक्षण’ पनि हो। 

चिनियाँहरु यो महामारीको भयबाट मुक्त हुन् चाहन्छन्, र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले मानिसहरुमा बढिरहेको आक्रोश र कोभिडप्रतिको भयका बीच उपयुक्त ‘बाटो’ खोज्नुपर्ने भएको छ। 

उरुमचीको पश्चिमी शहरमा एक अपार्टमेन्टमा आगो लाग्यो। पहिलो नजरमा यस्तो लाग्दैन थियो कि राष्ट्रव्यापी विरोध प्रदर्शनको पछाडि यो कारण हुन सक्छ। 

China_Birodh_Pradarshan_31669703428.jpg
तस्बिर: रोयटर्स

१० जनाले ज्यान गुमाउनुपरेको यो भयानक घटनाले ती दशौं लाख चिनियाँलाई भयवित बनाइदियो जो गगनचुम्बी अपार्टमेन्टहरुमा बस्छन्। आफ्नो फ्ल्याटमा फसेका छन्, तर भयंकर आगलागीका बाबजुद निस्किन असमर्थ छन्। किनकि बाहिर लकडाउन लागेको छ। 

प्रशासनले यस प्रकारको अवस्था सिर्जना नभएको भन्दै जवाफ दिएको छ, तर आम नागरिकमा बेचैनी र आक्रोश फैलिन रोकिएन। आफूलाई बचाउन भन्दै गुहार माग्दै गरेका फ्ल्याट निवासहरुको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल हुन थालेपछि आक्रोश झनै फैलिँदै गयो। 

यो घटना कोभिड प्रतिबन्धका भयावह कहानीसँग जोडिएको नयाँ प्रकरण थियो। यसअगाडि पूरै शहरमा लकडाउन हुँदा समयमै उपचार नपाएर गर्भवती महिला र नवजात शिशुको मृत्यु भइरहेको र वृद्ध तथा बिमार मानिसहरुले पनि ज्यान गुमाउनु परिरहेको विवरणहरु सार्वजनिक भएका थिए। 

हरेक लकडाउनमा एउटै कुरा सार्वजनिक हुन थाल्यो– खानेकुरा र औषधिहरुको अभाव। किनकि जरुरी सामग्री उपलब्ध गराउन स्थानीय प्रशासनले धेरै समस्याहरुसँग जुझ्नु परिरहेको विषय पहिल्यै प्रष्ट भइसकेको थियो। 

त्यसपछि पनि धेरै डरलाग्दा घटनाहरु सार्वजनिक हुन थाले। जस्तै, मानिसहरुलाई क्वारेन्टिनमा लैजान लागेका बसहरु दुर्घटनाग्रस्त हुने, जसमा दर्जनौं मानिसहरुको मृत्यु भयो। साथै क्वारेन्टिन सेन्टरमा बालबालिकाको मृत्यु बढेको विषय पनि सार्वजनिक हुन थाल्यो। 

अधिकांश मानिसको अपेक्षा थियो कि सीसीपी कांग्रेस (चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन)मा केही राहतको घोषणा हुन सक्छ। यसै महाधिवेशनबाट राष्ट्रपति सीले सत्तामाथिको आफ्नो पकड अझै बलियो बनाए। तर उनले जीरो कोभिड नीतिमा कुनै परिवर्तन नगरिने बताए। जसले मानिसहरुमा एकसाथ निराशा र आक्रोश अझै बढाइदियो। 

यसमा कुनै शंका छैन कि चीनको ‘जीरो कोडिड नीति’ले कोभिडबाट हुने मृत्यु कम गर्‍यो। यही नीतिका कारण विश्वका अन्य देशको तुलनामा चीनमा मृत्युदर धेरै तल रह्यो। तर यसले आम मानिसको उर्जा पनि कम गरिदियो। 

कोभिडको प्रतिबन्धमा फसिरहनु एक सामान्य अनुभव बन्न थाल्यो, जसका कारण चीनका ठूला शहरदेखि लिएर, सिनजियाङ र तिब्बत जस्ता दूर–दराजका क्षेत्रमा पनि आक्रोश बढ्दै गयो। 

यो प्रकरणले समाजका हरेक हिस्सालाई उद्वेलित गर्‍यो। विश्वविद्यालयका विद्यार्थी होउन् या कारखानका मजदुर। मध्यमवर्गीय परिवार होउन् या सम्पन्न तप्का नै किन नहोस्। 

एक मानिसले बेइजिङ ब्रिजमा प्रदर्शन गरे। राष्ट्रपति सी चिनफिङको सार्वजनिक रुपमा आलोचना गर्ने उनको कदमले पूरै देशमा हलचल ल्यायो। र, यो घटनाले चीन बाहिर र भित्र पनि सीधा र चर्को विरोधका लागि एक आधार तयार गरिदियो, जसबाट अरु मानिसमा पनि साहस बढ्यो। 

देशको केन्द्रीय शहर झेङजाउमा सैयौं मजदुरले आफ्नो अधिकारको माग गर्दै प्रदर्शन गरे। उनीहरुले निगरानी क्यामेरा र झ्यालहरु फुटाइदिए। जसकारण प्रहरीसँग झडप पनि भयो। 

दक्षिण पश्चिममा रहेको छोङ छिङ सहरमा मास्क नलगाएका एक व्यक्तिको भिडियो सार्वजनिक भयो। जसमा ती व्यक्तिले भनेका छन्, ‘मलाई स्वतन्त्रता देउ या मृत्यु।’ यो यस्तो वाक्य थियो जसलाई प्रदर्शनकारीले तुरुन्तै अपनाए। 

जब उरुमची आगजनीको घटना घट्यो त्यतिबेला देशव्यापी प्रदर्शनको भूमिका बनिसकेको थियो। उक्त शहरमा सयौं मानिस सडकमा उत्रिए। त्यसपछि सांघाइ, बेइजिङ, वुहान, नानजिङ र चेङ्‌गदूमा पनि यस्तै भयो। यहाँसम्म कि प्रदर्शनमा उत्रिएका नागरिकले सीसीपी र राष्ट्रपति सीले सत्ताबाट हट्नुपर्ने माग गर्न थालेका छन्। 

बीबीसी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.