Advertisement

जर्मनीमाथि जापानको सानदार पुनरागमन जित

0 76

Advertisement

०७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।

जापानले जर्मनीलाई पहिलो पटक हराएको हो ।

एसियाली पावर हाउस जापानले चार पटकको च्याम्पियनमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो ।

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए ।

जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।

दोसो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए । तानकाको स्थानमा मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको ८३ औं मिनेटमा अर्का सब्सिच्युड खेलाडी ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए । उनी ५७ औं डाईजेनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

जापान समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ ।

हारबाट विश्वकपको सुरुआत गरेको जर्मनी पुछारमा रहेको छ ।

जर्मनी दोस्रो पटक विश्वकपको पहिलो खेलमा पराजित भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.