Advertisement

गगन थापाको जित सुनिश्चित : गन्न बाँकीभन्दा मतान्तर बढी

0 87

Advertisement

०६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जित सुनिश्चित भएको छ। गणना हुन बाँकी भन्दा प्रतिष्पर्धी राजन भट्टराईसँग उनको मतान्तर बढी भएको छ।

जम्मा एउटा वडाको मात्रै मतगणना बाँकी रहँदा गगन थापाले १९ हजार १४ मत पाएका छन्। प्रतिष्पर्धी भट्टराईले १३ हजार २३ मत पाएका छन्।

दुवैबीचको मतान्तर ५ हजार ९ सय ९१ पुगेको छ। गणना हुन बाँकी काठमडौं महानगरपालिका ३० नम्बर वडाको हो। जहाँ जम्मा ४ हजार ८ सय ८१ मत खसेको छ। यो कांग्रेसको पकड रहेको वडा हो। स्थानीय निर्वाचनमा कांग्रेसले जितेको छ।

लगातार अग्रता, सवै वडामा जीत

महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गरेका थिए। नेकपा एमालेको प्रभाव क्षेत्रमा समेत उनले आफ्नो अग्रता कायम गरेका छन्। गणना बुढानीलकण्ठको १ नम्बर वडाबाट सुरु भएको थियो। जुन एमालेको पकड क्षेत्र मानिन्छ। उक्त वडामा पछि पर्ने थापाको आंकलन थियो।

स्थानीय तहको निर्वाचनमा एमाले वडाध्यक्षले कांग्रेससँग दोब्बर मतान्तरले जितेको भएपनि थापाले झिनो अग्रता कायम गरे। खसेको १५११ मतमा थापाले ६६७ मत पाउँदा भट्टराईले ६३३ मत पाए।

बुढानीलकण्ठ–२ २७०५ मतम खसेको थियो। थापाले १३५८ र भट्टराईले ९४७ मत ल्याए। यो पनि स्थानीय तहमा एमालेले जितेको वडा हो।

बुढानीलकण्ठ–८ मा थापाले ३३५५ खस्दा थापाले १४६४ ल्याए। भट्टराईको ११३१ मत रह्यो। यो पनि एमालेको प्रभावशाली वडा हो।

बुढानीलकण्ठकै वडा नम्बर ९ थापाले १२३६ मत ल्याए भने भट्टराईको जम्मा ७७६ मत आयो। वडा नम्बर १० मा थापाले २२४८ मत ल्याए भने भट्टराईले १९३१ मत ल्याए।

वडा नं १२ मा १५०७ थापाका पक्षमा खस्यो भने भट्टराईका पक्षमा ११५३ मत खस्यो। १३ नम्बर वडामा १६९१ थापाको मत रह्यो भने भट्टराईको जम्मा १४६० आयो।

काठमाडौं महानगर सुरु भएपछि भने मतान्तर झन् फराकिलो बन्दै गयो। वडा नं १ मा ९८४ थापाका पक्षमा खस्यो भने जम्मा ३६७ भट्टराईले पाए। त्यसैगरी वडा ७ मा झन्डै दोब्बर ४५४४ मत ल्याए भने भट्टराईले २३०४ मत ल्याए।

यसैगरी वडा ८ मा १४९८ मत थापाका पक्षमा खसेको छ भने जम्मा १०७५ भट्टराईले पाएका छन्। अहिले कांग्रेसकै प्रभावशाली भनिएको वडा नं ३० मा मतगणना भइरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.