Advertisement

दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

0 77

Advertisement

२८कात्तिक, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

आइतबार भएको झडपमा परेर सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन्। नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार गराई थप उपचारका लागि धनगढी लगिएको छ।

घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्। यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँपालिकामा झडप भएको थियो। घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको शाहीले बताए। सो क्षेत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.