Advertisement

आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : अर्थविद् वाग्ले 

0 73

Advertisement

२६कात्तिक, काठमाडौं । अर्थविद् डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटक–पटक दोहोर्‍याए।

शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे।

उनले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत दाबी गरे। थापाले कोभिडको महामारीमा राजनेताको छवि बनाएको भन्दै उनलाई अघि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन हुने उनको भनाइ छ।

७ महिना स्वास्थ्यमन्त्री हुँदा थापाले देशमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई स्वास्थ्य बीमाको माध्यमबाट उपचार पाउने अवस्था रहेको वाग्लेले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.