Advertisement

समृद्धि फाइनान्सको ७ लाख ६७ हजार कित्ता संस्थापक सेयर लिलामीमा

0 22

Advertisement

२४ कात्तिक, काठमाडाैं । समृद्धि फाइनान्सले मंसिर १ गतेदेखि ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

फाइनान्स कम्पनीले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्य अंकित गरी लिलामी मार्फत बिक्री खुला गर्न लागेको हो ।

समृद्धि फाइनान्सले अतिवरित उक्त हकप्रद तेस्रो पटक लिलामीमा बिक्री गर्न लागेको हो । कम्पनीले अवितरित हकप्रद सयर पहिलो पटक २०७८ साल चैत २९ गतेदेखि २०७९ साल वैशाख ७ गतेसम्म र दोस्रो पटक २०७९ साल असार १ गतेदेखि असार ९ गतेसम्म लिलामीमा बिक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको बाँकी सेयर पुनः मंसिर १ गतेदेखि तेस्रो पटक लिलामी प्रकृयाबाट बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामी सेयरमा जुनसुकै व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद मंसिर १५ गतेसम्म रहेको छ ।

न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । लिलामी सेयरको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.