Advertisement

‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ को इकाई आजदेखि दोस्रो बजारमा कारोबारमा

0 119

Advertisement

२४कात्तिक, काठमाडाैं । ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ को इकाई बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दश रुपैयाँ अंकित दरमा १ अर्ब २२ करोड १० लाख मूल्यको फन्डको १२ करोड २१ लाख इकाई सूचीकृत गरेसँगै आजदेखि दोस्रो बजारमा कारोबारका लागि बाटो खुलेको हो ।

नेप्सेमा सूचीकरण सम्झौता भएको दोस्रो दिनदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने व्यवस्था छ । सोही अनुसार बिहीबार स्पेशल प्रि–ओपन सेसनमा फन्डको इकाई खरिद बिक्रीका लागि कारोबार म्याचिङ्ग सम्भव भए आजदेखि नै कारोबार खुल्नेछ ।

दोस्रो बजारमा इकाई कारोबारका लागि नेप्सेले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ लाई स्टक सिम्बोल एनएसआईएफ–२ (NSIF2) काराेबार संकेत दिएको छ ।

एमएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.