Advertisement

चुनाव केन्द्रित सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखसँग मानवअधिकार आयोगको चासो

0 101

Advertisement

०४कार्तिक, काठमाडाैं। राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग चुनाव केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि भइरहेको शान्तिसुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसहित सुरक्षा निकायका अधिकृतहरूसँग आयोगले छलफल गरेको हो ।

सो छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा। सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरुले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीको बारेमा जानकारी गराएको आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिएका छन् ।

छलफलमा आयोगका कार्यवाहक अध्यक्षका साथै सदस्यहरु मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, का.मु.सचिव मुरारिप्रसाद खरेल लगायत सहभागी थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.