Advertisement

बैंक अफ काठमाण्डूले २ अर्ब २२ करोड ५७ लाख बराबरको लाभांश बाड्ने

0 106

Advertisement

३० असाेज, काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेड (BOK) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस शेयर र १४.९५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।

हाल बिओके र ग्लोबल आईअमेई बैंक मर्जर प्रक्रियामा छन् । यस अघि सिटिजन्स, कुमारी, र एनसीसीले लाभांश घोषणा गरिसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.