Advertisement

निर्वाचन अनुगमनको जिम्मा राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोमा पत्रकार महासंघको विरोध

0 111

Advertisement

२८ असाेज, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

महासंघका महासचिव रोशन पुरीले शुक्रबार वक्तवय जारी गर्दै निर्वाचन आचारसंहिता अन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति आपत्ति जनाएका हुन्।

आचारसंहिताको पालना गरे/नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको भन्दै महासंघले निर्वाचन आयोगलाई आफ्नो निर्णय सच्याउन भनेको छ।

नेपाली सञ्चारजगतले स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैंले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने पनि महासंघले जनाएको छ।

यस्तै, आयोगले चुनाव प्रचार/प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघको ध्यानाकर्षण भएको जनाएको छ।

लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने कुरामा संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले तत्काल सच्याएर सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार/प्रसार सम्बन्धी विज्ञापन प्रकासन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.