Advertisement

बढेको तलब नपाएको मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको गुनासो

0 106

Advertisement

२४ असाेज, एजेन्सी । मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले बढेको स्केलअनुसार पारिश्रमिक नपाएको गुनासो गरेका छन् । मलेसिया सरकारले हाल श्रमिकको न्युनतम तलब (बेसिक सेलसी) मासिक १५०० रिंगेट बनाएको छ । तर, नेपाली श्रमिकहरूले भने नयाँ तलबमान अनुसार नपाएको गुनासो गरेका हुन् ।

ग्यालेक्सी फोर्स सेक्युरिटी सर्भिसमा कार्यरत कैलालीका दमन देउवाले आफुले बेसिक सेलरी नै नपाएको गुनासो गरे । ‘मलेसिया सरकारले बेसिक सेलरी १५०० रिंगेट भनेको छ । तर, हाम्रो कम्पनीले अहिले पनि १२०० कै दरले दिइरहेको छ,’ उनले भने ।

त्यस्तै रोल्पाका प्रदीप मगरले सेक्यूरटी गार्डमा दैनिक १७ घण्टाका दरले काम गर्दा पनि महिनामा १८०० रिंगेट मात्र तलब पाइरहेको बताए । जबकी ८ घण्टा काम गरेकै १५०० रिंगेट तलब तोकिएको छ । उनले दैनिक १८ घण्टा काम गर्दा पनि १८०० रिंगेट मात्र पाइरहेको गुनासो गरे ।

‘दैनिक ८ घण्टा काम गरेवापत १५०० रिंगेट दिनुपर्ने भनिएको छ । तर, मैले दैनिक १७ घण्टा ड्यूटी गर्छु । तलब दिने बेला १८०० रिंगेट मात्र आउँछ । किन यति कम आयो भनेर सोध्दा तेरो तलब यति नै हो भन्छ,’ प्रदीपले भने ।
रोल्पाकै तिर्स गिरीले आफ्नो कम्पनीले १४०० रिंगेट मात्रै दिइरहेको बताए । निर्माण क्षेत्रमा कार्यरत उनले आफूले कम्पनीसँग कुरा गर्दा तलब नै यति आउने जवाफ दिएको बताए ।

चितवनका हरिप्रसाद तिमिल्सिनाले पनि आफूले काम गर्दै आएको कम्पनीले मासिक १२०० रिंगेट मात्र दिने गरेको बताए । टीम फोर्स सेक्युरीटी कम्पनीमा काम गर्दै आएका उनले बढेको तलब नदिएको बताए । उक्त कम्पनीले मलेसिया सरकारले बढाए अनुसार तलब नदिएपछि धनकुटाका रमेश विष्टले कम्पनी नै छोडेर नेपाल आएका थिए ।

कम्पनीहरूले तलब बढाउन आग्रह गर्दा एग्रिमेन्ट (सम्झौता) सकिएर नयाँ सम्झौता गरिएको खण्डमा मात्र तलब बढाउन सकिने जवाफ दिने गरेका छन् । मलेसिया सरकारले नै श्रमिकलाई १५०० रिंगेट न्युनतम तलब अनिवार्य गरेको हो । तर, धेरैजसो विदेशी कामदारले सोही अनुसार तलब नपाएको उनीहरूको गुनासो छ ।

यसअघि मलेसियाका श्रमिको न्यूनतम मासिक तलब १२०० रिंगेट थियो । अहिले बढाएर १५०० पु¥याइएको हो । तलब बढाइएसँगै आफ्नो पारिश्रमिक बढ्ने आशामा रहेका धेरै नेपालीहरू सोही अनुसार तलब नपाउँदा निराश भइरहेका छन् । दैनिक ८ घण्टा ड्यूटी गर्न पाइने र त्यस वापत मासिक १५०० रिंगेट तलब दिनुपर्ने हुन्छ । त्यसमा थप २ घण्टासम्म ओभरटाइम काम गर्न पनि पाइन्छ । तर, सरकारले तलब बढाएसँगै कम्पनीहरूले बढेअनुसार तलब दिनुको साटो ओभरटाइम पनि कटौती गर्ने गरेका छन् ।

कम्पनीहरूको चलाखी
मलेसिया सरकारले १२०० बाट बढाएर १५०० न्युनतम तलब पुर्याएपछि कम्पनीहरूले सोही आधारमा तलब नदिएको समस्या त एकातिर छ । अर्को भनेको कामदारले यसअघि १२०० न्युनतम तलब हुँदा गरिरहेको आम्दानीभन्दा १५०० पुर्‍याउँदा कम कमाइरहेका छन् ।

पहिला १२०० तलब हुँदा ओभरटाइम धेरै दिइरहेका थिए । र एउटा कामदारले न्यूनतम २००० रिंगेटभन्दा बढी कमाइरहेका थिए । तर, अहिले १५०० तलब बनाउँदा ओभरटाइम घटाइदिएका छन् । जसका कारण एक कामदारले मासिक १७ देखि १८०० रिंगेट मात्र आम्दानी गर्न सकेको उनीहरूको भनाइ छ ।

त्यसमाथि तलब बढाउँदा मलेसियामा महंगी पनि बढेको छ । जसले गर्दा वचतको हिसाब निकाल्दा उस्तै अवस्था रहेको मलेसियामा काम गर्दै आएका देवराज तिम्सिनाले बताए ।

‘१२÷१३ सय बेसिक सेलरी हुँदा ओटी (ओभरटाइम) चल्थ्यो । कम्पनीमा काम गर्ने धेरै नेपालीले २५÷२६ सयसम्म तलब थाप्थे । अहिले १५०० बेसिक सेलरी भएपछि सामानमा महँगी अत्यधिक मात्रामा बढेको छ । धेरै कम्पनीले ओटी दिन छोडेका छन् । अहिले महिनामा १७/१८ सय मात्र तलब आउँछ,’ उनले भने ।

कम्पनीहरूले चलाखी गरेर पैसा कम दिने उपाय अपनाएको उनको भनाइ छ । यसैबीच न्युनतम तलब नपाएको जस्ता समस्या नेपाली दूतावाससम्म पुग्न थालेको छ । त्यसरी गुनासो आएको खण्डमा दूतावासले कम्पनीसँग कुरा गरेर समस्याको समाधान गर्ने गरेको दूतावासकी द्वितीय सचिव यशु बस्नेतले बताइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.