Advertisement

काठमाडौंमा मापसे गरेर सवारी चलाउने १३२ चालकलाई कारबाही

0 116

Advertisement

१२ असाेज, काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १३२ जना सवारी चालक कारबाही परेका छन्।

यस्तै, लेन अनुशासन पालना नगर्ने ३३ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ४०, हर्न बजाउने १३७, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका ३० र अन्य २, ७६६ गरि तीन हजार १३८ जना सवारी चालकलाई कारबाही गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.