Advertisement

टरीगाउँ विमानस्थलमा इन्धन डिपो सञ्चालनको तयारी

0 99

Advertisement

१० असाेज, दाङ । तुलसीपुर उपमहानगरपालिका-१२ स्थित टरीगाउँ विमानस्थलमा पूर्वाधार थप्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ।

लामो समयसम्म इन्धन डिपोको कारण देखाउँदै नियमित उडान हुन नसकेको बेला अहिले इन्धन डिपो स्थापनाको अन्तिम काम भइरहेको विमानस्थल प्रमुख गणेश अर्यालले जानकारी दिए।

‘बाउजर सञ्चालनका लागि इन्धन र बाउजर राख्ने भवन बनिसके पनि हस्तान्तरण भएको छैन,’ उनले भने, ‘उपकरण परीक्षण गर्न र तेल जाँच गर्न भारत पठाउनुपर्ने हुन्छ, अहिले भारतबाटै प्राविधिक आएर परिक्षणको काम गरिराखेका छन्।’

फ्यूल चेक भएपछि जहाजका लागि योग्य छ छैन भनेर टुंगो लाग्ने उनको भनाइ छ। प्राविधिक नेत्रबहादुर भण्डारीका अनुसार अहिले इन्धन परीक्षणको काम सफल भएको छ। मेसिनले सही तरिकाले काम गर्नुका साथै इन्धनको गुणस्तर पनि राम्रो भएकाले आगामी दिनमा इन्धन भर्नका लागि जहाजलाई थप इन्धन बोकेर उडान भर्नुपर्ने बाध्यता हट्ने भएको छ।

विमानस्थल प्रमुख अर्यालका अनुसार, परीक्षणको काम तीव्र पारिएकाले सम्भवतः टरीगाउँ इन्धन डिपो दशैं अघिबाटै सुरु हुनेछ। ‘भौतिक काम पूरा भएको छ, औपचारिक थालनी हुन मात्रै बाँकी छ,’ उनले भने, ‘सबै काम सफल हुँदै गएकाले दशैं अगावै औपचारिक रुपमा सुरु हुनेछ।’

मिलिपोर टेस्ट अनिवार्य गर्नुपर्ने हुँदा यसलाई विमानस्थलले गम्भीरताका साथ लिएको छ। ‘मिलिपोर टेस्ट अनिवार्यसँगै सफल भए मात्रै प्लेनमा फ्यूलिङ गर्न मिल्छ,’ उनले भने।

प्राविधिक भण्डारीका अनुसार ११ हजार लिटरको बाउजर भएकाले विमानस्थलका लागि केही ठूलो मानिएको छ। उनले ९ हजार लिटरको बाउजर भए टरीगाउँका लागि पुग्ने बताए।

‘अर्को बाउजर ल्याउने तयारी भएको छ, तर आएपछि मात्रै यो बाउजर अन्यत्र जान्छ,’ उनले भने। अहिले नेपाल आयल निगमले करिब ७ कट्ठा जग्गा विमानस्थलसँग भाडामा लिएर इन्धन डिपो स्थापना गरेको छ।

टरीगाउँको इन्धन डिपो ३० हजार लिटर क्षमताको हो। यसका लागि नेपालगन्जबाट २० वा २४ हजार लिटरका ट्यांकरबाट हवाई इन्धन ल्याएर प्रयोगमा ल्याउन सकिन्छ।

हाल उडान भर्दै आएको नेपाल एअर लाईन्सको ट्वीनएटर करिब ७ सय लिटर ट्यांकीको भएकाले दैनिक एक उडानले मात्रै डिपो सञ्चालन हुन नसक्ने भएकाले उडान संख्या बढाउनुपर्ने निगमको भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.