Advertisement

डेंगु नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग कांग्रेस नेता सिंहको आग्रह 

0 52

Advertisement

०९ असाेज, काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा फैलिएको बताउँदै यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्।

आइतबार काठमाडौं आयोजित रत्नराज्य माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन्।

‘जनस्तरमा अनुभूत हुने गरि सरकारले काम गर्न म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु। सरकारले तत्कालै विशेष अभियान सुरु गर्नुपर्दछ। बिरामीले सिटामोल समेत भनेको समयमा नपाएको गुनासो छ’, नेता सिंहले भने, ‘यसबारे सरकारलाई गम्भीर बन्न अपिल गर्दछु।’

उनले स्थानीय सरकारलाई समेत जिम्मेवार र गम्भीर भएर लाग्न आग्रह गरे। फरक प्रसंगमा बोल्दै नेता सिंहले मुलुकमा संकटको निकासका लागि कांग्रेस अवसर पाउँदा जिम्मेवारी बहन गरेको दाबी गरे। आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएमा राजनीतिक स्थायित्व आउने समेत बताए।

अवसर पाउँदा कसले कुन दलले के गरेको छ? त्यसको लेखाजोखा जनताले गर्नु पर्ने बताए। उनले कांग्रेसले अवसर पाएमा जनताललाई अनुभूत हुने गरि काम गरेर देखाउने दाबी गरे। अशल साशन, भ्रष्टाचारमुक्त शासन प्रणाली कांग्रेसको प्राथमिकता रहेको समेत बताए।

स्वास्थ्य, शिक्षामा आमूल परिवर्तनको खाँचो रहेकाले त्यसतर्फ ठोस कार्ययोजनाकासाथ आफू अगाडि बढेको बताउँदै त्यसका लागि साथ सहयोगको अपेक्षा रहेको सिंहले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.