Advertisement

नेपालबाट ३ करोडभन्दा बढीको बन्दा निर्यात

0 197

Advertisement

१२ भदाै, काठमाडाैं । चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३ करोड ६१ लाख ७० हजार रुपैयाँभन्दा बढीको बन्दा निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको साउन महिनामा उक्त मूल्य बराबरको बन्दाकोपी निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट ३० लाख ९९ हजार किलोग्राम बन्दाकोपी निर्यात भएको छ । नेपालबाट निर्यात भएको सबै बन्दाकोपी भारततर्फ निर्यात भएको विभागले जनाएको छ ।

यस्तै, यस अवधिमा नेपालबाट ३८ लाख ८७ रुपैयाँ बराबरको अन्य प्रकारका तरकारी निर्यात भएको छ । यसका साथै, भारततर्फ नै नेपालबाट साउन महिनामा ५० लाख ४० हजारको प्याज निर्यात भएको विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.