Advertisement

बहुमत आउनेगरी वडातहसम्म खटिन निर्वाचन परिचालन कमिटीलाई ओलीको निर्देशन 

0 106

Advertisement

१२ भदाै, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको बहुमत आउनेगरी आसन्न निर्वाचनमा निर्वाचन परिचालन कमिटीलाई खटिन निर्देशन दिएका छन्।

उनले देश विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक रहेकाले बहुमत आउनेगरी कमिटीलाई परिचालन हुन निर्देशन दिएका हुन्।

आइतबार एमाले निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश, जिल्ला, पालिका र वडा तहमा निर्वाचन परिचालन कमिटी परिचालन गर्न निर्देशन दिए।

पार्टी केन्द्रीय परिचालन कमिटी र त्यसको परिचालन सचिव हुने गरी उप महासचिव विष्णु रिमाललाई जिम्मेवारी तोकिएको ओलीले घोषणा गरेका छन्।

उनले निर्वाचनमा उपसमिति, स्रोत परिचालन कमिटी र प्रशिक्षण कमिटी बनाउने बताए। पार्टीलाई विजयी बनाउने संकल्प र दृढतासहित अघि बढ्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.