Advertisement

उम्मेदवार छनोटको मापदण्ड केन्द्रीय कमिटीमा पठाउने एमाले स्थायी कमिटीको निर्णय

0 90

Advertisement

०७ भदाै, काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट विधि र मापदण्ड केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ। यही भदौ १० र ११ गते एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ। सोही बैठकले निर्वाचनको मापदण्ड र विधि अनुमोदन गर्नेछ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय सल्लाहकार परिषद्‌मा तीन जनालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, विभिन्न दलबाट एमालेमा प्रवेश गरेकाहरुलाई जिम्मेवारी तोक्ने निर्णय समेत भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। आजको बैठकमा ६ वटा प्रदेशका इन्चार्जहरूले अहिलेको शक्ति सन्तुलनको स्थिति कस्तो छ भन्नेबारे रिपोर्टिङ गरेको उनले बताए।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा १३ जना स्थायी समिति सदस्यहरूले आफ्नो कुरा राखेका छन्। घनश्याम भुसालसहित १३ जनाले अध्यक्षको प्रतिवेदनमा उल्लेख हुनुपर्ने भनेर आफ्नो भनाइ राखेको गुरुङले बताए।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुने र त्यसको मुल मुल विषय मंगलबारको स्थायी कमिटी बैठकमा पेस भएको उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.