Advertisement

तीन हाइड्रोपावरको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0 89

Advertisement

०१ भाद्र, काठमाडाैं । तीन हाइड्रोपावर कम्पनीको बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकैपटक दोस्रो बजारमा धितोपत्रको कारोबार खुल्ने भएको छ ।

मंगलबार तीन जलविद्युत कम्पनीहरु श्वेत गंगा हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिकल कम्पनी र मन्दाकिनी हाइड्रोपावरले सेयर सूचीकृत गरेसँगै तीनवटै कम्पनीको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार खुन लागेको हो ।

नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो दिन बुधबारबाटै तीनवटै कम्पनीको आईपीओ धितोपत्रको दोस्रो बजारमा खरिद बिक्रीका लागि योग्य भएको छ ।

तर कारोबार खुल्न साढे दशदेखि पौने ११ बजेको नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग हुन आवश्य छ । त्यो सम्भव भएमात्र नियमित कारोबार सुचारु हुन्छ भने सम्भव नभएको खण्डमा जुन दिनको स्पेशल प्रि ओपनिङ्ग सेसनमा खरिद बिक्रीको आदेश म्याचिङ्ग हुन्ट सोही दिनदेखि मात्र नियमित समयमा कारोबार खुल्नेछ ।

नेप्सेले श्वेत गंगा हाइड्रोपावरको सेयरको दोस्रो बजारमा कारोबारका लागि ‘एसजीएचसी’, अपर सोलुको ‘युएसएचईसी’ र मन्दाकिनी हाइड्रोपावरको ‘एमएचएल’, कारोबार संकेत (सिम्बोल) दिएको छ ।

मंगलबार तीन कम्पनीको कुल ३ करोड ५३ लाख १० लाख ३६९ कित्ता सेयर सूचीकृत भएको थियो । तीनवटै कम्पनीले जारी गरेका प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सहित संस्थापक सेयर धितोपत्रको दोस्रो बजारमा पहिलो पटक सूचीकृत गरेका हुन् ।

नेप्सेले सम्बन्धीत कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरणका आधारमा कायम रहेको प्रतिसेयर नेटवर्थलाई न्यूनतम कारोबार रेञ्ज र त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ ।

आर्थिक वर्ष २०७७।७८ मा श्वेतगंगा हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ ८९.८८ रुपैयाँ, मन्दाकिनी हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ र अपर सोलुको वास्तविक प्रतिसेयर नेटवर्थ १०८.२१ रुपैयाँ रहेको छ । सोही नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोकिएको हो ।

सूचीकृत सेयर संख्या र ओपनिङ्ग कारोबार रेञ्ज

नामसूचीकृत कुल सेयर संख्याओपनिङ्ग कारोबार रेञ्ज
 श्वेत गंगा हाइड्रोपावर१ करोड ५९ लाख ३० हजार कित्तान्यूनतम ८९.८८ रुपैयाँदेखि अधिकतम २६९.६४ रुपैयाँसम्म
अपर सोलु १ करोड ३५ लाखकित्तान्यूनतम १०८.२१ रुपैयाँदेखि अधिकतम ३२४.६३ रुपैयाँसम्म
मन्दाकिनी हाइड्रोपावर५८ लाख ८० हजार ३६९ कित्तान्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६ रुपैयाँसम्म



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.