Advertisement

योगेशले फोहर व्यवस्थापनमा एमालेसँग सहकार्य गर्न बालेनलाई गरे आग्रह 

0 103

Advertisement

२९ साउन, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले फोहर व्यवस्थापनका लागि एमालेसँग सहकार्य गर्न काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह ‘बालेन’ लाई आग्रह गरेका छन् ।

उपत्यकाको फोहर ७१ दिनदेखि उठ्न नसकेको भन्दै उनले एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएकाले मेयर साहलाई पनि आफ्नो योजना लिएर आए सम्पूर्ण हिसाबमा पार्टीले सहयोग गर्ने बताएका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा र एमालेकै नेता विद्यासुन्दर शाक्य काठमाडौंको मेयर हुँदासमेत फोहर व्यवस्थापन गर्न असफल रहेको दृष्टान्त छँदाछँदै एमाले सचिवसमेत रहेका सांसद भट्टराईले भने बालेनलाई सहयोग गर्ने फुस्रो आश्वासन दिएका हुन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै भट्टराईले सरकारले फोहोर व्यवस्थापनका लागि केही गर्न नसक्ने र सरकारको भर परे मेयर बालेन असफल हुने निश्चित भएको र काठमाडौंको पनि बरबादी हुने दाबी गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.