Advertisement

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

0 68

Advertisement

२० साउन, काठमाडाैं । ५ दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच दलका शीर्ष नेतासहित अन्य नेताहरु पनि सहभागी छन् ।

चुनावको मिति घोषणा पछि सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेको थियो । आजको बैठकमा आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलबीचको तालमेलबारे छलफल हुने छ ।

नेताहरुका अनुसार बैठकले निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँडका लागि तालमेलको मोडालिटीका बारेमा समेत छलफल हुनेछ । उनीहरुका अनुसार तालमेल र सिट बाँडफाँड गर्न एक समिति बनाउनेबारे पनि प्रारम्भिक छलफल हुनेछ । स्थानीय निर्वाचनमा सत्तारुढ दलबीच काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा चुनावी संयन्त्र गठन गरी सोही संयन्त्रको सुझावका आधारमा तालमेलको मोडालिटी तय भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.