Advertisement

सांसद पालको प्रश्न : निर्मला पन्तको हत्यारा किन पक्राउ परेनन्?

0 66

Advertisement

१३ साउन, काठमाडौं नेकपा एमालेकी सांसद निरुदेवी पालले निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा चार वर्षसम्म किन संलग्न व्यक्ति पक्राउ गरिएन भनि प्रश्न उठाएकी छन्।

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विगतमा केपी शर्मा ओली सरकारमाथि आरोप लगाउनेहरुले अहिले सरकारमा भएको बेलामा पक्राउ गर्न किन नसकेको भन्दै प्रश्न गरिन्।

‘निर्मला पन्तको हत्या भएको चार वर्ष पुगेको छ। यो सरकारले किन हत्यारा पक्राउ गरेन’, उनले भनिन् ‘विगतमा ओली सरकारले लुकाएको आरोप लगाइएको थियो तर, आजसम्म किन हत्यारा समातिएन।’ उनले महिला हिंसा र बलात्कारका मुद्दामा सरकार गम्भीर नरहेको आरोप लगाइन्।

पछिल्लो समय महिलाहरुमाथि हिंसा बढेको भए पनि त्यसलाई रोक्न नसकेको उनको आरोप थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.