Advertisement

प्रचण्ड र आरजुको भेटप्रति एमाले नेताको टिप्पणी :  सत्ता बाँडफाँटको भद्दा झल्को

0 120

Advertisement

३२ असार, काठमाडाैँ । भारतको नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एवं काँग्रेसकी नेतृ आरजु देउवाबीच भएको भेटप्रति टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटले सत्ता बाँडफाँडको भद्दा भल्को दिएको बताएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ ले २००७ सालमा राणा र काँग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ ।’

२०७३ सालमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच पनि दिल्लीमै भेटघाट भएको सन्दर्भ पनि उनले उल्लेख गरेका छन् । सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँटको अन्तिम टुङ्गो लगाउन उनीहरूको बीचमा भेटघाट भएको आशङ्का उनले गरेका छन् ।

उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री देउवाकी पत्नी देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको शनिबार बिहान भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गङ्गा दाहालको उपस्थिति रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.