Advertisement

निजगढमा विमानस्थल बनाउन सर्वोच्चको पूर्णपाठबाट आत्तिनुपर्ने छैन : माधव नेपाल

0 87

Advertisement

१८ असार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतको फैसलाको पूर्णपाठबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

शनिबार प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री लगायतको टोलीमा सामेल भएर निजगढ पुगेका उनले फैसलाबाट विमानस्थल बन्दैन कि? रोकियो कि? भन्ने आशंकाबाट मुक्त हुनुपर्ने बताए।

‘आदेशमा हवाइ उडानलाई व्यवस्थित, भरपर्दो, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालमा आवश्यक रहेको ठहर गरिएको छ।

यो बनाउनका लगि सबै क्षेत्रका विज्ञ रहेको विशेषज्ञ समूह बनाई तिनीहरुबाट अध्ययन गराई कुन ठाउँको कति क्षेत्रफलको कति क्षमताको विमानस्थल बनाउनुपर्ने हो, वातावरणीय क्षति कम हुनेगरी प्राविधिक दृष्टिकोणले उपयुक्त स्थानमा विमानस्थल बनाउन भनेर आदेश आएको छ’, नेपालले निजगढमा आयोजित कार्यक्रममा भने।

उनले अहिलेकै क्षेत्रमा पनि वातावरणलाई कम क्षति हुने गरी विमानस्थल निर्माण गर्नमा फैसलाले कहीँ रोक लगाएको नदेखिएको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.