Advertisement

बालुवाटार आगलागीमा करिब पाँच करोडको क्षति 

0 142

Advertisement

१५ असार, काठमाडौं । बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालय बुधबार बिहान भएको आगलागीबाट करिब पाँच करोडको क्षति भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक रुपमा अन्दाजी ४/५ करोड जति क्षति भएको जानकारी आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बुधबार बिहान ७:१० बजेको समयामा बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयको स्टोर भवनमा आगलागी भएको थियो।

उक्त आगो काठमाडौं महानगरपालिकाको–३, ललितपुर महानगरपालिकाको-१, कीर्तिपुर नगरपालिकाको-१, बौद्ध रामहिटीको-१, नेपाली सेनाको-२ र नेपाल प्रहरीको-१ दमकल तथा १ वाटर क्याननसहित १० वटा दमकल र ५ वटा पानी ट्याङकरले नियन्त्रणमा लिएका थिए।

आगो बिहान ९:३५ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.