Advertisement

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

0 101

Advertisement

१५ असार, काठमाडाैँ । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि १९ करोड ६८ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ ।

कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा ९ लाख कित्तामध्ये अवितरित २ लाख ८१ हजार ७५० कित्ता मात्र बिक्री भएकाले ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २५० कित्ता बिक्रीमा ल्याउएको हो ।

कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा असार २९ गतसम्म आईपीओ खुला रहनेछ ।

आईपीओमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर मोबाइल एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.