Advertisement

‘कबड्डी ४’ले पाँच दिनमै कमायो १० करोड रुपैयाँ

0 380

Advertisement

१९ जेठ, काठमाडौँ । कबड्डी ४’ले सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमायो । ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चितप्रायः छ ।

सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान चाहिं ‘छक्कापञ्जा ३’सँग छ । छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस छ । छक्कापञ्जा’का तीनैवटा श्रृंखला, ‘कोहिनुर’, र ‘छ माया छपक्कै’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेका छन् । अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’को कुल ग्रस कमाइ ९ करोड रुपैयाँ छ ।

दोस्रो साता कमाइको स्थिर ट्रेन्ड कायमै रहे ‘कबड्डी ४’ले छक्कापञ्जा तीनको कीर्तिमानलाई तोड्न सक्नेछ । तर दोस्रो साता नयाँ फिल्म समेत रिलिज हुने भएकाले ‘कबड्डी ४’लाई चुनौती हुनसक्छ । तर विश्लेषकहरु यो फिल्मको लाइफटाइम कलेक्सन ‘छक्कापञ्जा ३’भन्दा बढी हुने अनुमान गर्छन् । बुधबार पनि ‘कबड्डी ४’को अकुपेन्सी मुख्य मल्टिप्लेक्समा ८० प्रतिशत कायम छ । मोफसलका सिंगल स्क्रिनमा विकडेजमा अकुपेन्सी ड्रप भए पनि मल्टिप्लेक्स चाहिं अकुपेन्सी ह्वात्तै घटिसकेको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.