Advertisement

सिभिल बैंकका नायब प्रमुखमा सचिनजङ्ग रायमाझी नियुक्त

0 134

Advertisement

१९ जेठ, काठमाडाैँ । सिभिल बैंकको नायव प्रमुखकार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन्।

हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले मिति जेठ १८ गते देखिलागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

नेपाल बंगला देश बैंकबाट बैंकिंग शुरु गरेका रायमाझीको नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक रप्रभू बैंक)मा गरी कुलएक्काइस बर्षको बैंकिङ अनुभवरहेको छ।

विगत साढे चार वर्ष देखि सिभिल बैंकको प्रमुखकर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भुमिका निर्वाह गरिसकेका उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलता पूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्‍याउनेमा बैंकले विश्वास लिएको छ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुखकर्जा अधिकृत रायमाझीले बैंकमा पुर्‍याउनु भएको योगदानको उच्चकदर गर्दै बैंकको संचालक समितिले वहाँलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.