Advertisement

सुनको भाउ सोमबार २०० रुपैयाँले बढ्यो, चाँदीमा सामान्य वृद्धि

0 133

Advertisement

१६ जेठ, काठमाडाैँ । सुनचाँदीको मूल्य सोमबार वृद्धि भएको छ । आइतबार स्थीर रहेको पहेँलो धातु सुनको सोमबार मूल्य नेपाली बजारमा आइतबारको तुलनामा २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ७०० रुपैयाँ पुगेको छ ।

यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर आज सोमबार तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भैरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ, तेजावी सुन ९७ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८६२ र चाँदी प्रतिऔंस २२.२५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.