Advertisement

सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार हुँदै, चाँदीको भाउ १२७५ तोकियो

0 236

Advertisement

११ जेठ, काठमाडाैँ । पहेँलो धातु सुनको मुल्य नेपाली बजारमा बुधबार २०० रुपयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ७०० रुपैयाँ तोकिएको छ ।

आइतबारदेखि तोलाो ९८ हजारमा कारोबार हुँदै आइरहेको सुन बुधबार २०० तोलामा रुपैयाँले बढेको हो । आइतबार तोलामा ७०० रुपैयाँले बढेर कारोबार भएपछि सोमबार र मंगलबार पनि सोही भाउमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी तोलाको तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भैरहेको छ । गत शुक्रबारदेखि तोलाको १ हजार २७० मा कारोबार हुँदै आएको चाँदी बुधबार तोलामा ५ रुपैयाँले महङ्गिएको हो ।

नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ, तेजावी सुन ९७ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८६१ र चाँदी प्रतिऔंस २२.०३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.