Advertisement

संखुवासभामा कांग्रेसले बढायो १ पालिका, एमाले ४ मा झर्‍यो

0 133

Advertisement

०५ जेठ, काठमाडौं ।अघिल्लो स्थानीय तहको निर्वाचनमा संखुवासभाका १० पालिकामध्ये ५ पालिकाको नेतृत्व जितेको एमाले यसपटक भने ४ पालिकामा सीमित भएको छ। अघिल्लोपटक ५ पालिका जितेको कांग्रेसले भने एमालेबाट एउटा पालिकाको नेतृत्व खोसेर ६ पुर्‍याएको छ।

संखुवासभामा माओवादी केन्द्रले यसपटक पनि कुनै पालिकाको नेतृत्व जित्न सकेन।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले संखुवासभाका सभापोखरी गाउँपालिका, मादी नगरपालिका, मकालु गाउँपालिका, चैनपुर नगरपालिका र खाँदवारी नगरपालिकामा जित निकालेको थियो। तर, यसपटक भने एमालेले संखुवासभाको मादी नगरपालिका, भोटेखोला नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिकामा जीत निकालेको छ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसको जीत भएको भोटेखोला नगरपालिका र धर्मदेवी नगरपालिका यसपटक आफ्नो पोल्टोमा पारेको एमालेले अघिल्लो पटक जितेको मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र खाँदवारी नगरपालिका भने गुमाएको छ।

एमालेले यसपटक जित निकालेको मादी नगरपालिकामा जीवन लिंथेप, भोटखोला गाउँपालिकामा वाङ छेदर लामा, धर्मदेवी नगरपालिकामा उदय चन्द्र पौडेल र चैनपुर नगरपालिकामा कृष्ण कुमार तामाङ निर्वाचित भएका छन्।
यसपटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ६ पालिकामा जीत निकालेको छ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जितेका आफ्ना २ पालिका गुमाएको कांग्रेसले एमालेले अघिल्लोपटक जितेका ३ पालिका खोस्दै ६ पालिकामा जीत निकालेको हो।

कांग्रेसले यसपटक सभापोखरी गाउँपालिका, खाँदवारी नगरपालिका, चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, सिलीचोङ गाउँपालिका र मकालु गाउँपालिकामा जीत निकालेको छ। यीमध्ये तीन पालिका चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका र सिलीचोङ गाउँपालिका अघिल्लो पटक नै जितेका पालिका हुन् भने बाँकी तीन सभापोखरी गाउँपालिका, खाँदवारी नगरपालिका र मकालु नगरपालिका अघिल्लो पटक एमालेले जितेका पालिकाहरु हुन्। कांग्रेसले एमालेले अघिल्लो पटक जितेका यी ३ पालिकामा जीत निकाल्दै संखुवासभाको ६ पालिकामा जित निकालेको छ।

कांग्रेसले जितेका ६ पालिकाहरुअन्तर्गत चिचिला गाउँपलिकामा पासाङ नुर्वु शेर्पा, खाँदवारी नगरपालिकामा महेश थपलिया, पाँचखपन नगरपालिकामा विपीन राई, सभापोखरी गाउँपालिकामा भिमबहादुर लिम्बु, सिलिचोङ गाउँपालिकामा भुपाल राज राई र मकालु गाउँपालिकामा ओङदी छिरिङ शेर्पाले जित निकालेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.