Advertisement

महालक्ष्मी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा एमालेको अग्रता

0 208

Advertisement

०२ जेठ, काठमाडौँ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता रहेको छ । हालसम्म प्राप्त मतपरिणामअनुसार नगर प्रमुखमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले एक हजार ७१ मत पाउनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिव कट्टेलले एक हजार दुई मत ल्याउनुभएको छ । उपप्रमुखमा नेकपा एमालेकी बीना सुवेदी केसीले एक हजार २७३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसकी लक्ष्मी महर्जनले एक हजार ८५ मत पाउनुभएको छ ।

उक्त नगरपालिका वडा नं १ को अध्यक्षमा एमालेका छिरिङ लामा विजयी हुनुभएको छ । हाल वडा नं ९ मा मतगणना जारी रहेको छ । वडा नं १० का मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि सो वडाको गणना भएको थिएन । मतगणना सुस्त भएकाले दुई दिन वितिसक्दा पनि हालसम्म एउटा वडामा मात्रै मतगणना सकिएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.