Advertisement

बागीलाई पार्टीले नछोड्ने भन्दै देउवाले भने– अहिले नै उम्मेदवारी फिर्ता लिनुस्, नत्र पार्टीमा ठाउँ छैन

0 90

Advertisement

२६ बैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारहरुलाई तत्काल फिर्ता लिएको घोषणा गर्न आग्रह गरेका छन्। पार्टी विगतमा पनि बागीकै कारण पराजित भएकाे भन्दै उनले यसपटक पार्टीले हार्ने अवस्था नल्याउन चेतावनी दिए।

‘बागी उम्मेदवारलाई कुनै रुपमा मान्यता दिने छैनौं। विगतमा पनि पार्टी हारेकै हो अहिले पनि हार्यो भने पार्टीले कुनै पनि हालतमा छोड्दैन,’ उनले भने, ‘अहिले नै फिर्ता लिएको घोषणा गर्नुस्।

पार्टीमा आउनुस् नत्र पार्टीमा कुनै ठाउँ हुँदैन।’ धनगढीमा आयोजित निर्वाचन सभामा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धनको निर्णयअनुसार पार्टीले अरु दललाई भाग छाडेकाले बागी फिर्ता लिन आग्रह गरे।

‘पार्टीले छाडिसकेपछि बागी उठ्नु गलत हो,’ देउवाले भने, ‘तत्कालै पछि हट्नुहोला। हामी केन्द्रबाट पत्र पठाउँछौं, उक्त पत्रअनुसार बागीबाट पछि हटेमा कारबाही हुनेछैन।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.