Advertisement

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा नेपाल टेलिकमको बोनस अफर

0 227

Advertisement

१९ बैशाख, काठमाडाैँ । नेपाल टेलिकमले चौंथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ­२०७९ का अवसरमा विभिन्न अफर ल्याएको छ ।

दिवसलाई लक्षित गर्दै कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि एक सातासम्म उपलब्ध हुने एनटीसीले जनाएको छ।

यसअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ९९ मा उपलब्ध हुँदै आएकोमा ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

१४१५११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।

यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डेटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध गराइएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.