वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित
१७ बैशाख, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा निर्वाचन कार्यक्रम स्थगित भएको छ।
निर्वाचन अधिकृतको कार्यालयले बुद्धभूमि नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकाले निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।
एमालेबाट उम्मेदवारी दिएका तिवारीको १६ गते मृत्यु भएको सूचना १७ गते ८ बजे प्राप्त भएकाले स्थानीय तहको निर्वाचनका लागि सम्बन्धनि अन्य कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आज उम्मेदवारहरुलाई चुनाव चिह्न दिने कार्यक्रम रहेको थियो।