Advertisement

जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान

0 217

Advertisement

२८ चैत, एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्धितीय उपचारका लागि जर्मनी प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लाग्नुभएको हो ।

यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गर्नुभएको बताएको छ ।

उनको मेरुदण्डको हड्डीमा समस्या भएपछि तत्काल सल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका थिए । उहाँको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्धितीयले जोर्डनको मन्त्रिपरिषदको उपस्थितिमा यहाँको कार्यकारीका रुपमा सपथ लिनुभएको छ ।

सो कुरा उक्त कोर्टले विज्ञप्तिमार्फत् आइतबार जानकारी दिएको छ ।

राजा उपचार गरेर नफर्किँदा सम्म यहाँको राजाले गरी आएका सबै कार्य युवराजले गर्ने गरी यहाँको मन्त्रिपरिषदले उहाँलाई सपथ गराएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.