Advertisement

मोरङको लेटाङमा निषेधाज्ञा

0 279

Advertisement

०७ चैत, मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र तथा पश्चिममा चिसाङ खोला क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । लेटाङ–५ स्थित खरुवामा आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि सो क्षेत्रमा तनाब उत्पन्न भएको छ ।

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भिर घाइते प्रहरी जवान श्रेष्ठको मृत्यु भएपछि लेटाङमा निषेधाज्ञा जारी गरिएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.