Advertisement

रुसले परमाणु बमको प्रयोग हुनसक्ने तेस्रो विश्वयुद्धको खतरा औल्यायो

0 320

Advertisement

१९ फागुन, एजेन्सी । रुसले तेस्रो विश्व युद्धको खतरा औल्याएको छ । रुसी विदेशमन्त्री सेरगेइ लाभरोभले बुधबार यस्तो खतरा औल्याएका हुन् ।

लाभरोभले तेस्रो विश्व युद्ध भएमा परमाणु हतियारको प्रयोग हुनसक्ने भन्दै विध्वं मच्चिने बताएको समाचार एजेन्सी आरआइएसले उल्लेख गरेको छ । उनले युक्रेनले आणविक हतियार हासिल गर्न खोजेको टिप्पणी गरे ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियारसम्बन्धी फौजलाई उच्च सतर्कतामा राख्ने आदेश दिइसकेका छन् । उनले रुसको सुरक्षाका लागि परमाणु हतियार समेतको प्रयोग गर्न सक्ने चेतावनी दिइसकेका छन् ।

रुससँग विश्वमा सबैभन्दा बढी र शक्तिशाली परमाणु हतियार रहेको विभिन्न अध्ययनहरुले जनाएका छन् । अहिलेसम्म परीक्षण भइसकेकामध्ये रुसले सन् १९६१ मा गरेको परमाणु परीक्षण ठूलो हो । यसकारण विश्वमा नयाँ सन्त्रास छाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.