Advertisement

हरि खड्का दोषी ठहर, पाँच हजार जरिवाना

0 334

Advertisement

०६ फागुन, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका हरि खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभाग प्रमुख रहेका खड्काले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएको भन्दै साबिक भ्रष्टाचार निवारण र प्रचलित भ्रष्टाचार निवारण दुई आरोपसहित दण्ड सजाय हुन मागदावी लिएको थियो । सोही आरोपमा खड्का दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशद्वय अब्दिुज अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । जसका कारण उनलाई पाँच हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

नेपाल प्रहरीमा जागिर खाँदा खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियारले माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.